back
stc
prabhu insurance

लाभांश वितरण मुख्य एजेन्डा सहित,आज नेपाल बंगलादेश बैंकको साधारण सभा

काठमाडौं ।नेपाल बंगलादेश बैंकको साधारण सभा आज मंसिर २ गते बस्दैछ । सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२५ बोनस सेयर र ३।५५ नगद लाभांश (करसहित) वितरण गर्ने एजेन्डा रहेको छ । सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरिसकेको छ । कात्तिक १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।