आज मंसिर १० गते गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण बस्दै
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको आज मंसिर १० गते वार्षिक साधारण बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस इन्स्योरेन्सले कात्तिक २३ गते बुक क्लोज गरिसकेको छ । यस अनुसार कात्तिक २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् ।
वि.सं.२०७८ मंसिर १० ०९:४३




















