back
stc
prabhu insurance

हिमालयन बैंकको बढ्यो खुद नाफा

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८.११प्रतिशत ले धेरै हो । गत वर्ष यसले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.०१ प्रतिशत र ६.२६प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकले नाफा बढाउन सफल भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा हिमालयनको वितरणयोग्य नाफा भने ४२.५८ प्रतिशत ले घटेर ४८ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

बैंकको निक्षेप संकलन १७.२३ प्रतिशत र कर्जा लगानी १९.३३५ ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले घटेर १४ रुपैयाँ ३१ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा छ ।