back
stc
prabhu insurance

सत्ता साझेदार दलहरुको बैठक : स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडका बारेमा छलफल

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँड र तालमेलमा सहमति जुटाउन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने छलफलले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटलाई अन्तिम रुप दिने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकमा गठबन्धन सहमति नजिक पुगेको सहभागी नेताहरुले जानकारी दिनुभएको छ । सहमति गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरुबीच सकारात्मक ढंगवाट छलफल भइरहेको उहाँले बताउनुभयो ।