back
stc
prabhu insurance

आज काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले आज आइतबार स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले चुनावी एजेन्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको हो ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले सार्वजनिक गर्न लागेको हो । नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ । आज र भोलि मनोनयन दर्ता छ ।