साधना लघुवित्तले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साधना लघुवित्तले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.६१प्रतिशत ले धेरै हो ।
गत वर्ष यो कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः३७.२१प्रतिशत र ३५.०३प्रतिशत ले बढेको छ । यसले गर्दा पनि कम्पनीको नाफा बढ्न सहयोग पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा साधनाको निक्षेप संकलन ६३.३२प्रतिशत र कर्जा लगानी ७५.९६प्रतिशत ले बढेको छ । यसको खराब कर्जा पनि २.३३प्रतिशत बाट घटेर १.८६प्रतिशत मा झरेको छ ।
साधनाको प्रतिसेयर आम्दानी भने थोरैले घटेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको यसको यो त्रैमासमा घटेर ३८ रुपैयाँ २७ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा छ ।
वि.सं.२०७९ वैशाख १३ १४:०६

















