back
prabhu insurance
himalayanlife

हिमालयन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार २६९.११ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६.६५ प्रतिशतले हुन आउने २ करोड १२ लाख ६७ हजार ९०५.६६ रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३.४५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।