महालक्ष्मी विकास बैंक लि.नेपालगंज शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्घता
काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा हाल रहेको स्थान नेपालगंज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।
आज २०७९ वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगंज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले गर्नूभएको हो ।
शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएका महानुभावहरुलाई यस बैंकका सञ्चालक दिपक रौनियार ले कृतज्ञता ज्ञापन गर्नुभयो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पार्नुभयो । वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाउनु भएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७९ वैशाख १३ १४:१६



















