आइएमई लाइफ इन्स्योरेन्सको आज चौथो वार्षिक साधारण सभा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आज वैशाख १४ गते चौथो वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
सभा बेगनास हल, –याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
अन्य इन्स्योरेन्स कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
यता, एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिमा सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
बिमा समितिले जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने निर्देशन जारी गरेको छ ।
वि.सं.२०७९ वैशाख १४ १४:३७


















