नाडेप लघुवित्तको नाफा ४९.९८ प्रतिशत ले घट्यो
ठमाडौं । नाडेप लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ४९.९८ प्रतिशत ले घटेर ५ करोड ६९ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १९.१४ प्रतिशत ले घटेर २९ करोड १७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ५१.२० प्रतिशत ले घटेर ८ करोड ६७ लाख ७८ हजार रुपैयाँमा आएको छ ।
गत वर्ष ४ करोड ३२ लाख २६ हजार रुपैयाँ छुट्याएको प्रोभिजनमा यो वर्ष ६ करोड ६९ लाख ९३ हजार रुपैयाँ राखेको छ ।
चैत मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८५ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५७ पैसा छ ।
वि.सं.२०७९ वैशाख १४ १४:३६

















