back
stc
prabhu insurance

एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री खुला

काठमाडौं । एनएमबि बैंकले आज वैशाख २१ गतेबुधबारदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । १४ लाख इकाई मध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने सर्वसाधारणका लागि खुला भएको हो ।

एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत– २०९३/९४’ जारी गरेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

एनएमबिको उर्जा ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।