back
stc
prabhu insurance

सिद्धार्थ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा सामान्य बढेको छ । यस अवधिमा यसको खुद नाफा १.९९ प्रतिशत ले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको खुद बिमा शुल्क आर्जन १२.७९ प्रतिशत ले बढेर ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

बिमा कोषको आकार १८.५८ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ९२ करोड २९ लाख ९३ हजार रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ३२ पैसा छ ।