प्रभु लाइफ इन्स्योरेन्सको नाफा घट्यो
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको खुद नाफा २६.४८ प्रतिशतले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड १३ लाख ३४ हजार रुपैयाँमा आएको छ । यो नाफा बिमांकीय मूल्यांकन अघिको नाफा हो ।
गत वर्ष यसै अवधिमा भने १३ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी ३३.९२ इन्स्योरेन्सले बढेर १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
यद्दपि, लगानी तथा अन्य आम्दानी ३७.०३ ले घटेर ११ करोड २७ लाख २६ हजारमा सीमित भएपछि खुद नाफा प्रभावित भएको देखिन्छ ।
यता, प्रभु लाइफ इन्स्योरेन्सको रिजर्भ कोष २४.४२ र जीवन बिमा कोष ५३.७६ इन्स्योरेन्सले बढेको छ । चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख २९ १०:०३




















