back
stc
prabhu insurance

आज जनरल इन्स्योरेन्सको एजीएम, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदै

काठमाडौं । जनरल इन्स्योरेन्सको आज मंगलबार जेठ ३१ गते वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले बिमा समितिको स्वीकृति लिएर ३० प्रतिशत(१ः०.३ अनुपातमा) हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । साधारण सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि जेठ १९ गते बुक क्लोज गरिएको छ जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।