back
stc
prabhu insurance

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७/०७८ कोे ७३ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा सम्पन्न भएको हो ।

कम्पनीको आर्थिक वर्ष ०७७/०७८ को नाफा नोक्सान हिसाबमा वाँडफाँडका लागि उपलब्ध रकमबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँको ११ प्रतिशत बोनश शेयर र नगद लाभांश (वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.५७८९ प्रतिशत वितरण गर्ने प्रस्तावलाई साधारण सभामा सर्बसम्मतीले पारित गरेको छ । अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख पुग्नेछ ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन (राणा कालिन) कानुन बमोजिम बि.स. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट समेत बि.स. २००६ सालमा इजाजत प्राप्त यो कम्पनी बि.स.२०१६ सालमा नाम परिवर्तन भई नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड र बि.स. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई, बिगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स ले आफ्नो व्यवसाय विस्तार गर्न तथा देशका ग्रामिणस्तरसम्म बीमाको पहुँच पु(याउन प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५९ वटा शाखा कार्यालयहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको थप शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु(याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।