back
stc
prabhu insurance

नक्सालमा फक्सवागनको सुविधा सम्पन्न सोरुम

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रा.लि.ले नक्सालमा पनि जर्मन कतबलमबचम को फ्ल्यागशिप सोरुम खोलेको छ ।

कम्पनीले ग्राहकको बढ्दो माग अनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भन्नुभयो, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’

नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्विसिंग रFree Consumables पाउने छन् ।
पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ ।

फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलार्ई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।