ग्रीन डेभलपमेन्ट बैंकको कामु सीइओमा हरि बहादुर बुढाथोकी नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको मंगलबार (जेठ ३१ गते) बसेको बैठकले बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो । बुढाथोकीले आज असार १ गतेदेखि नै जिम्मेवारी सम्हालेका छन् ।
यसअघि ग्रीन डेभलपमेन्टमा उमेश कुमार आचार्यले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
वि.सं.२०७९ असार २ ०५:१०




















