back
stc
prabhu insurance

एसपीपीबारे नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं । नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

“नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगत्लाई जानकारी गराइन्छ”, सेनाले जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।