असार २९ गते लुम्बिनी जनरल इन्स्यारेन्सको साधारण सभा
काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्सले असार २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
इन्स्यारेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
सभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्यारेन्सले असार १५ गते बुधबार बुक क्लोज गर्ने भएको छ । जस अनुसार असार १४ गते मंगलबारसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ ।
वि.सं.२०७९ असार १२ ०८:५८




















