back
stc
prabhu insurance

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा असार २० गते बुक क्लोज

काठमाडौं । ङादी ग्रुप पावरले १५०प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएको छ ।

असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।