back
prabhu insurance
himalayanlife

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस। आज विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आइएको छ। दिवसको अवसरमा आज प्रभातफेरि र्‍याली निकालिँदैछ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ।

यस दिनको एउटामात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो। विश्व लागुऔषध प्रतिवेदन, २०२२ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ।