back
prabhu insurance
himalayanlife

आज बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने जनाएको हो।

बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए।