back
stc
prabhu insurance

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार जनउत्थान सामुदायिक, समिट लघुवित्त र एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यस्तै, समिट लघुवित्तको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो । यसले गत आर्थिक वर्ष लगानीकर्तालाई २५.२८ प्रतिशत बोनस वितरण गरेको थियो ।

एभरेष्ट इन्स्योरेन्सको ७ लाख १० हजार १६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।