back
prabhu insurance
himalayanlife

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। त्यहाँको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा १३ नेपाली पक्राउ परेकाक हुन्।

कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती कामदारले समयअवधि सकिदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गएपनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागम स्रोतले जानकारी दिएको छ। पक्राउ परेका सबै कामदारको परिचय भने खुलाइएको छैन।

 

स्रोतका अनुसार ती सबै नेपाली कामदारलाई नेपाल फर्काउने तयारी भइरहेको अध्यागमन कार्यालयले जनाएको छ।