back
stc
prabhu insurance

टेलिकमको नेटवर्कमा एनआईसी एशियाको डिजिटल बैंकिङ सेवा निःशुल्क चलाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इन्टरनेट बैंकिङ सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।

यस सुविधा मार्फत एनआईसीका ग्राहकले टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इनटरनेट बैंकिङ सेवा निःशुल्क प्रयोग गर्न सक्ने भएका हुन् ।

साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

एनआईसी एशिया बैंकले हाल ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग मार्फत् सेवा प्रदान गर्दै आएको छ ।