सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात
काठमाडौं । सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ । बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का सीएनएन हिरोज् अवार्ड तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेका हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने छ ।
यो सुविधा लिन बैंकको वेबसाइटमा गई सजिलै आफ्नोे फोटो कार्डमा राखी रिक्वेस्ट पठाउन सकिने छ ।
वि.सं.२०७९ असार १९ २३:२०




















