back
stc
prabhu insurance

असार २७ गतेदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंक सोमबार असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुई बैंकको गत जेठ ७ गते सम्पन्न साधारण सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।