आज रिलायन्स लाइफको विशेष साधारणसभा
काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सको विशेष साधारण सभा आज असार २० गते बस्दैछ । सभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा रिलायन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । सभामा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव छ ।
कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १० गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार ९ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ असार २० ०९:३०




















