back
stc
prabhu insurance

फ्रक्सजबले सुरु ग¥यो एकेडेमिक पार्टनरसिप प्रोग्राम

काठमाडौं । योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्नेतर्फ अघि बढेको छ ।

यसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्सजब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपिपी) FroxJob Academic Partner Program सुरु गरेको जानकारी दिएको छ ।

एफएपिपीले भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई करिअरको बाटोमा अझ प्रभावकारी तरिकाले अघि बढ्न मदत गर्ने कम्पनीको भनाइ छ ।

यस अन्तर्गत रोजगारीको अवसर खोज्न विद्यार्थी भौंतारिनुनपर्ने बरु फ्रक्सजबमा आबद्ध कम्पनीहरु नै उनीहरुसम्म आइपुग्ने बताइएको छ ।

यसरी विद्यार्थीसम्म पुगेका रोजगारदाताले कलेज विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी उनीहरुलाई अवसर प्रदान गर्ने फ्रक्सजबको विज्ञप्तिमा उल्लेख छ ।

‘विद्यार्थी र कलेजहरुका लागि एफएपी कार्यक्रम सम्भाव्य रोजगारदाता भेट्ने, रोजगारी र इन्टर्नसिपका लागि आवेदन दिने र रोजगारी दिने कम्पनी फेला पार्ने अभूतपूर्व अवसर हो,’ विज्ञप्तिमा भनिएको छ ।

फ्रक्सजबले आफ्ना साझेदार कलेजका विद्याथीलाई हरेक वर्ष रोजगारी सम्बन्धी परामर्श पनि दिने गरेको छ । यस्ता परामर्शबाट विद्यार्थीले आफ्नो रोजगारीको लक्ष्यबारे प्रस्ट आइडिया पाउने कम्पनीको भनाइ छ ।

फ्रक्सजब स्वदेशी र बहुराष्ट्रिय संस्थालाई सक्षम जनशक्ति तथा अवसरका रोजगारका खोजीमा रहेकाहरुलाई क्षमताअनुसारको उपयुक्त अवसर उपलब्ध गराउने काममा एक दशक लामो अनुभवी कम्पनी हो ।

यसले इटहरी, चितवन, नेपाजगन्ज जस्ता सहरमा पनि शाखा विस्तार गरेर सेवा दिइरहेको छ । यसले रोजगारीको खोजीमा रहेका हजारौं सक्षम व्यक्ति र रोजगारदातालाई जोड्ने काम गरेको छ ।

नेपालभरि नै कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको फ्रक्सजबले यो कार्यक्रमले १०० भन्दा बढी प्राविधिक र व्यावसायिक कलेजहरुलाई समेट्ने लक्ष्य लिएको छ ।

फ्रक्सजबले हालसम्ममा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल स्टडिज, नारायणी पोलिटेक्निक इन्स्टिच्युट, नेपाल पोलिटेक्निक इन्स्टिच्युट, इन्द्रेणी कलेज, एनआइसी टेक्निकल कलेज प्रालि, वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजी, नारायणी कलेज, सप्तगण्डकी कलेज जस्ता शिक्षण संस्थासँग साझेदारी सुरु गरिसकेको छ ।