back
stc
prabhu insurance

आज नागरिकताको नयाँ विधेयक दर्ता हुने

काठमाडौँ । सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ। मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हो।

संशोधित विधेयक प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए। मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारूढ दलको शीर्ष नेताको बैठक बसेको थियो।

राज्य व्यवस्था तथा सुशासन समितिले तीन वर्षसम्म छलफल गरेर संसदमा प्रतिवेदन पुर्‍याएपछि सरकारले बुधबार नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर अर्को संशोधित विधेयक लैजाने तयारी गरेको हो।