back
stc
prabhu insurance

पोखरामा शैक्षिक मेला सुरु

पोखरा । अध्ययनको शिलशिलामा विदेश जाने सोचमा हुनुहुन्छ रु यदि सोच बनाउँदै हुनुहुन्छ भने तपाईका लागि पोखराका सञ्चालित शैक्षिक मेला त्यसवारे सत्य, तथ्य बुझने महत्वपूर्ण स्थल बन्न सक्छ ।

पठनपाठनका लागि विषयअ नुसार कुन देशको कुन विश्वविद्यालय राम्रोरु त्यहाँ जाँदा लाग्ने शुल्क कतिरु के के विषयमा छात्रृबृर्ति पाइने रु लगायतवारे सरोकारवालालाई सल्लाह सुझाव दिने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  कास्कीको आयोजनामा आजबाट पोखरामा दुई दिने शैक्षिक मेला सुरु भएको हो।

पढ्न जाने क्रममा विदेश जाँदा घेरै विद्यार्थी ठगिएको गुनासो आइरहेको अवस्थामा मेलाको प्रभावकारीता बढ्ने अपेक्षा गरिएको इक्यान कास्कीका कोषाध्यक्ष समेत रहनुभएका मेला संयोजक युवराज पौडेलले बताउनुभयो ।

मेलामा कुल ४० स्टल छन् । विशेष गरी अष्ट्रेलिया, न्यूजिलेण्ड, क्यानडा, जापान, अमेरिका, भारत, चीन लयायत युरोपका देशहरु जान त्यहाँ सहजीकरण गर्ने गरिएको छ । कोरोना भाइरस लगायत विभिन्न कारण तीन वर्ष रोकिएको मेलालाई निरन्तरता दिन लागिएको हो ।