back
stc
prabhu insurance

आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।

सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। आबेलाई गोली प्रहारबाट गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ। आबेको शुक्रबार गोली प्रहार गरी गरिएको हो।