back
stc
prabhu insurance

एक वर्षमा वाणिज्य बैंकले कमाए पौन एक खर्ब नाफा

काठमाडौं । गत आर्थिक वर्षमा तरलता अभावका कारण अपेक्षा अनुसार बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा पनि पौने खर्ब नाफा आर्जन गरेका छन् । केही बैंकको वित्तीय विवरण नकारात्मक भए पनि समग्र बैंकको नाफा सकारात्मक देखिएको छ ।

तरलता अभाव, आर्थिक गतिविधि सुस्ता भएको समयमा बैंकहरूको नाफा बढेको छ । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममाा बैंकहरुको नाफा २३.१४ प्रतिशतको वृद्धि भएर ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

बैंकहरुले अघिल्लो असार मसान्तमा ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

असार मसान्तसम्म आइपुग्दा नाफा आर्जनमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक प्रतिस्पर्धी देखिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

नबिलले गत असार मसान्तसम्म ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले बढी हो ।

एनआइसी एशिया बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८।८६ प्रतिशतले बढी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

प्राइम बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकले ३ अर्ब ७० करोड १३ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

सिद्धार्थ बैंकको नाफा ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१।१० प्रतिशतले बढेको छ ।

सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४।७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ । सनराइज बैंकको नाफा ४८।६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले एक वर्षको अवधिमा नाफा आर्जनमा आक्रामक चमत्कार गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको नाफा २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । कुमारी बैंकको नाफा ४३।८६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंकको पनि नाफा ७० प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

नेपाल बैंकको नाफा एक वर्षको अवधिमा १०।२९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

बैंक अफ काठमाण्डूको पनि नाफा १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ रहेको थियो । मेगा बैंक २ अर्ब ८३ करोड १८ लाख ६४ हजार पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

सिभिल बैंकको नाफा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँ रहेको थियो । सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जान लागेको छ ।

सेञ्चुरी बैंकको नाफा पनि ११५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ६२ करोड ९३ लाख २० हजार रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको नाफा एक वर्षको अवधिमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । हिमालयन बैंकको नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५२ करोड७५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंकको पनि नाफा २३।७४ प्रतिशतले घटेको छ । बैंकको नाफा अघिल्लो असार मसान्तमा ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तमा आइपुग्दा २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँ मात्रै रहेको छ ।