आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको २०७९ आषाढ ७ गतेको १२० औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ २०७९ साउन २३ गतेदेखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुनु भएको छ ।
श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, श्री बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई सधन्यवाद व्यक्त गर्नुभयो ।
वि.सं.२०७९ साउन २३ १८:४०




















