नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नागरिक लगानी कोषको ३० पतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २ हजार २१४ रुपैयाँ ६० पैसालाई आधार मानेर बुधबार यसको पहिलो कारोबार खुल्नेछ ।
मंगलबारको अन्तिम कारोबार मूल्य २८ सय ७९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
कम्पनीले ३० प्रतिशत बोनस सेयर प्रयोजनका लागि साउन २५ गते बुधबार बुक क्लोज गरिएको हो । यसर्थ, मंगलबार साउन २४ गतेसम्म कायम सेयरधनीले बोनस सेयर पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
वि.सं.२०७९ साउन २५ ०८:४०




















