सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ साउन २९ १०:५०




















