back
prabhu insurance
himalayanlife

पिपुल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने आज भदौ ५ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन ३१ गतेबाट कुल २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो ।

योमध्ये ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  सी–आस्वा प्राप्त बैंक तथा  वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ २७ अप्रिल २०२२ सम्म कायम रहन्छ ।