back
stc
prabhu insurance

एनएमबि सुलभ इन्भेष्टमेन्ट–२ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने आज भदौ ९ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

एनएमबि क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।