back
stc
prabhu insurance

राधी विद्युत कम्पनीको १४७% हकप्रद सेयर दाबी गर्ने आज अन्तिम मौका

काठमाडौं । राधी विद्युत कम्पनीको १४७ प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि सेयरधनी बन्ने आज शुक्रबार भदौ १० गते अन्तिम दिन हो ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि भदौ १२ गते बुक क्लोज गर्दैछ । अर्थात भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सकिने भए पनि भदौ ११ गते शनिबार परेका सेयर कारोबार हुँदैन । यसर्थ, आज भदौ १० गतेसम्म सेयर खरिद गर्नेले मात्र राधीको हकप्रद दाबी गर्न सक्नेछन्।

यस कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।