सिबिफिन र एक्यानबीच सम्झौता
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन ) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्ने सम्झौता भएको छ ।
अध्ययनका आधारमा अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्न नीतिगत बहस तथा पैरवी गर्ने विषयमा दुई संस्थाबीच समझदारी भएको हो ।
सम्झौतापत्रमा सिबिफिनत र्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानका तर्फबाट अध्यक्ष दीपक पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता बमोजिमका कार्यले दिगो आर्थिक विकास र समृद्धि प्राप्तिका लागि नयाँ आयाम थप्ने दाबी गरिएको छ ।
वि.सं.२०७९ भदौ १० २१:०५




















