दशैंको मुखमा उत्तरी चिनियाँ दुई नाका बन्द
काठमाडौं । दशैंको मुखमा उत्तरी चिनियाँ प्रमुख दुई नाका तातोपानी र रसुवागढी चीनले पूर्व सूचना बिना बन्द गरेको छ।
कोरोना महामारीको बहाना पारेर चीनले दशैंको मुखमा दुबै नाका बन्द गर्दा सयौं कन्टेनर दशैंको सामान नाकामै अलपत्र परेका छन।
उनीहरूलाई खुसपरे दैनिक दई–चार कन्टेनर सामान छाडि पनि दिन्छन,नत्र हप्तौं सामान नछाडदा सयौं आयातकर्ता व्यापारीहरू डुब्ने अवस्थामा पुगेका छन।
परराष्ट्र मन्त्री डा।नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्वीपक्षीय वार्तामा नाका सञ्चालनलाई थप सहज बनाउने गत साउन २६ गते सहमति भएको थियो।
त्यसको एक दिनपछि तातोपानी र रसुवागढी नाकामा पूर्व जानकारी बिना नाका बन्द गरिदै आएको व्यापारीहरूले बताएका छन।
चीनले कोरोना महामारी बढेको भन्दै नाका बन्द गरेपछि तिज र दशैंको सामग्रीहरु उतै रोकिएको व्यवसायीहरुले बताएका छन् ।
२०७२ को महाभूकम्प र कोरोना महामारी सुरु भएपछि चिनियाँ पक्षले लामो समयसम्म तातोपानी नाका बन्द गरेको थियो ।
पछिल्लो समयमा चिनियाँ बस्तुको आयातलाई प्राथमिकता दिएर दुबैतर्फको नाकालाई आंशिक सञ्चालन गरेपनि चिनियाँ पक्षले गत साउन २६ गतेदेखि पूर्व सूचना नदिइ नाका बन्द गरेको आयातकर्ता व्यापारीहरूको भनाइ छ ।
तातोपानीसँगै चीनले रसुवागढी नाका समेत बन्द गरेको छ। चीनले कोरोना नियन्त्रणको लागि नाकामा कडाइ गर्दै आएको छ।
कोरोना सुरु भएको वर्ष गत २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा विशेष रूपमा कडाइ गरेको थियो। एक वर्षअघि आंशिक रुपमा तातोपानी र रसुवागढी नाका खुल्ला गरे पनि त्यसयता अहिलेसम्म पूर्ण रुपले नाका खोलेको छैन ।
नेपालबाट निर्यात हुने वस्तुहरु कोभिड सुरु भएयता पूर्णरुपले जान पाएका छैनन् । नेपाली व्यवसायीहरुले वस्तु आयात र निर्यात पूर्ण रूपमा खुल्ला हुनुपर्ने माग राख्दै आएका छन् ।
नेपाली व्यवसायीहरुले चिनियाँ पक्षको यो कार्यलाई नाकाबन्दीसँग तुलना गर्दै आएका छ्न । चिनियाँ पक्षले नाका आफू खुसी सञ्चालन गर्दा नेपाल बजारमा सामग्रीहरुको अभाव देखिएको छ भने मूल्य वृद्धि पनि उच्च बन्न पुगेको छ ।
कहिले काहीमात्र सामान छाडदा कतिपय सामान कन्टेनरमै सडने,कुहिने र नष्ट हुने अवस्था छ। गर्मी सिजन र दशैं बजारलाई लक्षित गरि ल्याइएका सामान दशैंपछि पनि नआइपुग्ने पिरले व्यवसायीहरू चिन्तित बनेका छन।
सरकारले चिनियाँ दुतावाससँग समन्वय गरेर दिनको कम्तिमा पनि एक–डेढसय कन्टेनर सामान भन्सार नाकाबाट छुटाउन कुटनैतिक पहल गर्नुपर्ने माग गरेका छन।
सरकारले एमसिसि पारित गरेपछि चीन नेपालसँग असन्तुष्ट रहदै आएको छ। चीनले अमेरिकाले नेपाललाई एमसीसी सहयोग मार्फत गरेको अनुदान सहयोग रोक्न चलखेल गरेको थियो।
त्यसमा सफल नभएपछि नाका बन्दी गरेर नेपाली व्यवसायीहरूलाई दुस्ख दिन थालेको छ। नेपालमा अमेरिकी कुटनैतिक आएको पनि चीनले मनपराएको छैन।
वि.सं.२०७९ भदौ ११ ०६:०२




















