back
stc
prabhu insurance

बैंकिङ क्षेत्रमा उद्योगी र व्यापारी घरनाको बचस्व कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विगत छ वर्षको अबधीमा बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी बृद्वि गर्न र मर्जर एवं प्राप्तीको नीतिबाट वाणिज्य बैंकको संख्या घटाउने काममा ठुलो सफलता हासिल गरेर नेपालको बैंकिङ क्षेत्रलाई तरलताको चरम अभावको समयमा पनि बैंकिङ र वित्तीय क्षेत्र डुब्नबाट बचायो।

यसको पहिलो श्रेय पुर्व गभर्नर डा. चिरञ्जीवी नेपाललाई जान्छ। उनले ल्याएको नीतिलाई नै हालका गभर्नर महाप्रसाद अधिकारीले फलो गरेर बैंकिङ क्षेत्रमा स्थिरता,सुशासन र मौद्रिक चलायमान गराउदै छन। तर पनि सरकारको गलत नीतिले बैंकर्स र उद्यमी–व्यापारी अझै प्रष्टसँग छुटिन सकेको छैन।

केही बिग हाउसका हातमा नेपालको बैंकिङ क्षेत्र गएको देखिन्छ। यसले कर्जा र निक्षेपमा उनीहरूको पकड बढन सक्ने र त्यसले भविष्यमा बैंकिङ सुशासनमा समस्या आउन सक्ने देखिन्छ।

नेपालमा ९क० वर्गका ३२ वटा वाणिज्य बैंक खुलेकोमा अहिले आएर मर्जर र एक्विजेशनबाट ९क० वर्गका २२ वटा बाणिज्य बैंकमा सिमित हुँदैछन् ।

पछिल्लो चरणमा हिमालयन बैंक र सिभिल बैंक तथा प्रभु बैंक र सेञ्चुरी बैंक बीच एक्विजेशन गर्ने प्रारम्भिक सम्झौता भएसँगै वाणिज्य बैंकहरुको संख्या घटेर २२ वटामा सिमित हुँदैछ । आगामी २०७९ मंसीर–पुस महिनासम्म (क) वर्गका २२ वटा बाणिज्य बैंक बन्ने भएका छन।

यसमा अझै केही बैंकहरू मर्जर र एक्विजेशनको छलफलमा छन। त्यो छलफल सलफ भयो भने (क) वर्गका बाणिज्य बैंकहरूको संख्या अझै घटन सक्छ।

यसैगरि अहिले १७ वटा (ख) वर्गका विकास बैंक र १७ वटा नै (ग) वर्गका फाइनान्स कम्पनी सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांक रहेको छ।

बाणिज्य बैंकहरूका सञ्चालकहरूको तथ्यांक हेर्दा प्रस्टै देखिन्छ की वाणिज्य बैंकहरु केही सिमित उच्च उद्योगी र व्यापारिक घरानाको कब्जामा पुगेको छ ।

आईएमई समूहका चन्द्र प्रसाद ढकालले ग्लोबल बैंक, विशाल समूहका जगदिश प्रसाद अग्रवालले एनआईसी एशिया बैंक, सिजि समूहका विनोद चौधरीले नबिल बैंक, दुगड समूहका मोतीलाल दुगडले सनराइज बैंक, खेतान समूहका राजेन्द्र खेतानले लक्ष्मी बैंक, गोल्यान समूहका पवन कुमार गोल्यानले एनएमबी बैंक, एनआरएनएका संस्थापक महतो समूहका उपेन्द्र महतोले सानिमा बैंक, प्रभू समूहका देवी प्रकास भट्टचनले प्रभू बैंक, पाण्डे समूहका पृथ्वी बहादुर पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंक, लिट्ठिल एन्जेल्स समुहले प्राइम कमर्सियल बैंक, प्रदीपराज पाण्डेले सिभिल बैंक, श्रेष्ठ समूहका वि.के श्रेष्ठले एभरेष्ट बैंक लगायत दर्जनौ उच्च व्यापारिक समूहहरुले बैंकिङ क्षेत्रमा ठुलो लगानी गरेका छ।

सर्वसाधारणको पनि बैंकिङ क्षेत्रमा ३५ देखि ४९ प्रतिशतसम्म सेयर लगानी रहेको देखिन्छ। सरकारी तहबाट नेपाल बैंक,राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकमा लगानी रहेको छ।

निजी बैंकहरूको संस्थापन सेयरमा कर्मचारी संञ्चय कोष,नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान,राष्ट्रिय बीमा कम्पनी लि।ले पनि लगानी गरेका छन।

ठुला बैंकहरूबाट अझै पनि सर्वसाधारण जनताले कर्जा लिएर उद्योग व्यवसाय गर्छु भन्दा धितो राखेर सहज रूपमा ऋण पाउने अवस्था छैन,अनेकौं झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था छ।

विशाल समूहका अरु दर्जनौ कम्पनी र फर्ममा सर्बसाधारण जनताको पहुँच शुन्य छ । यी माथिका बैंकिङ क्षेत्रमा भने जनताको केही पहुँच रहेको देखिन्छ।

विवादास्पद व्यापारी घरना खेतान समूहको तीन वटा वाणिज्य बैंकहरू लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी छ ।

यसैगरि लक्ष्मी माईक्रोफाइनान्समा पनि राम्रै लगानी छ । यी बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण जनताको पहुँच केही प्रतिशत छ तर खेतान समुहका अन्य फर्म र व्यापारिक संस्थामा सर्वसाधारणको पहुँच छैन ।

ठुला उद्यमी र व्यवसायीले बैंकिङ पहुँच उपयोग गर्नदेखि कर्जा लिन खेतान घरानालाई मानमनितो गर्नुपर्ने बाध्यता छ। यी बैंकहरूबाट ठुलो कर्जा लिन राष्ट्र बैंकका उच्च नेतृत्व मार्फत भनाउनु पर्ने अवस्था छ।

नेपालका अर्बपति धनाढय सिजी समूहका प्रमुख विनोद कुमार चौधरीले ६ वटा बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गरेका छन। त्यस मध्येका नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर तथा एक्विजेशनभइ गत २०७९ असार मसान्तमा नबिल बैंक मार्फत एकीकृत कारोवार भैसकेको छ। अन्य वित्तीय कम्पनीहरुमा सर्वसाधारण जनताको लगानी कमै छ।

गोल्यान समूहका पवन कुमार गोल्यानको एनएमबी बैंक,एनआईसी एशिया बैंक र लुम्बिनी विकास बैंकमा पनि प्रसस्त लगानी छ ।

बैंकिङ नीति परिवर्तन गर्ने हैसियत राख्दै आएका विशाल समूहका जगदिश प्रसाद अग्रवालको दुई वटा ) क) वर्गका एनएमबी बैंक र एनआईसी एशिया बैंक र अर्को पूर्वाधार विकास बैंकमा पनि ठूलो लगानी गरेका छन।

उनले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा पनि लगानी गरेका छन। विशाल समूहका अरु दर्जनौ कम्पनी र फर्ममा सर्बसाधारण जनताको सेयर पहुँच शुन्य छ ।

ग्लोबल,प्राइम,किष्ट,सिभिल,सनराइज बैंक आएपछि सर्वसाधारणलाई सेयर खुला भयो। किष्ट बैंकका सिइओले बैंकमा अपचलन गरेर वित्तीय अवस्था बिगार्दा राष्ट्र बैंकको कानुनी कारवाहीमा परेर पछि प्रभू विकास बैंकमा मर्जर भएर प्रभू बैंक बन्यो।

नेपालमा राष्ट्रिय स्तरको कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर बिलय हुने र नयाँ बैंक बन्न पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरानाको कव्जामा पुगेको देखिन्छ ।

नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षसमेत रहेका पवनकुमार गोल्यानको नेतृत्वमा रहेको गोल्यान समूहले दुईटा वाणिज्य बैंक एनआईसी एसिया र एनएमबी बैंकमा लगानी गरेको छ ।

यो समुहको लुम्बिनी विकास बैंकमा पनि लगानी छ । पछिल्लो समय मौद्रिक नीति बनाउने सन्दर्भमा राष्ट्र बैंकलाई सुझाव दिने क्रममा गोल्यानले धेरै ठाउँमा व्यवसायीको हकमा आवाज उठाएका थिए ।

सिविफिनले गरेको कार्यक्रममा बैंकरको पक्षमा आवाज उठाउदै आएका छन् । नेपालको नीतिलाई आफू अनुकूल पार्न सक्ने हैसियतका विशाल ग्रुपको कव्जामा पनि २ वटा वाणिज्य बैंक र पूर्वाधार विकास बैंक छन ।

विशाल समूहमा अध्यक्ष जगदीशप्रसाद अग्रवाल केही समयअघि मर्ज नहुँदा एनआईसी एसिया बैंकको अध्यक्ष थिए । उनकै नेतृत्वको विशाल समूहको लगानी एनआईसी एसिया र एनएमबी बैंकमा ठूलो लगानी रहेको देखिन्छ ।

पूर्व सभासद समेत रहेका राजेन्द्र खेतान नेतृत्वको खेतान समूहको तीन वटा वाणिज्य बैंकमा लगानी गरेको छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी गरेको सो समूहको सबैभन्दा बढी लगानी लक्ष्मी बैंकमा रहेको छ ।

मोतीलाल दुगड नेतृत्वको दुगड समूहको लगानी पनि तीन वटा वाणिज्य बैंकमा रहेको छ । जसमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंक रहेका छन।

हाल मोतीलाल दुगड सनराइज बैंकका अध्यक्ष छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई ग्रुपको ग्लोबल आइएमई बैंक रहेको छ ।

ग्लोबल बैंकका अलावा राष्ट्र बैंकको नियमनभित्रै रहेको आइएमई रेमिट्यान्स र ग्लोबल रेमिट पनि ढकालकै स्वामित्वमा रहेको छ ।

राष्ट्र बैंकको मर्जर नीति अनुसार ५ वटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंकमा बिलय गइसकेको छ ।

अहिले ग्लोबल आइएमई र बैंक अफ काठमाडूबीच मर्जमा जान सम्झौता भइसकेको छ । बैंक अफ काठमाण्डूमा लुम्बिनी बैंक मर्ज भएको थियो।

लामो समय जापानमा बसेका गैरआवासीय नेपाली देवी प्रसाद भट्टचन नेतृत्वको प्रभु समूहको पनि प्रभु बैंकमा ठूलो लगानी रहेको छ ।

प्रभु बैंक प्रभु फाइनान्स,प्रभू विकास बैंक हुँदै ‘क’ वर्गको वाणिज्य बैंक बनेको हो । सो बैंकले पनि ग्रान्ड र किस्ट बैंकलाई समाहित गरेको छ ।

त्यस्तै राष्ट्र बैंकको अनुगमनभित्रै पर्ने प्रभु क्यापिटल, प्रभु मनी ट्रान्सफर र प्रभु समूह इन्क यूएसए पनि सञ्चालन गरेका छन । अहिले सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ती गर्दैछ।

नेपालको औद्योगिक घरानाका शारडा ग्रुपको पनि तीन वटा वाणिज्य बैंकमा ठूलो लगानी रहेको छ । शिवरतन शारडा नेतृत्वको सो ग्रुपको लगानी कुमारी बैंक, एनएमबी बैंक र सनराइज बैंकमा रहेको छ ।

पुरुषोत्तमलाल संघाई नेतृत्वको त्रिवेणी समूह व्यापारिक समूह हो । सो समूहले पनि एनआईसी एसिया बैंक, एनएमबी बैंकमा ठूलो लगानी गरेको छ ।

महालक्ष्मी विकास बैंकमा पनि त्रिबेणी समूहको लगानी देखिन्छ । यसैबाट प्रस्ट हुन्छ वाणिज्य बैंक ठूला उद्यमी र व्यापारीक घरानाको कब्जामा पुगेको छ ।

एनआरएनको लगानीमा रहेको सानिमा बैंक र सानिमा क्यापिटलमा लगानी छ । सुदर्शनलाल महर्जन र राजु चौधरीले सञ्चालन गरेको केसी समूहले माछापुच्छ्रे बैंकमा लगानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकमा लगानी रहेको छ ।

पाण्डे तत्कालिन समयमा हिमालयन बैंकको संस्थापक समेत रहेका थिए । अहिले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुनेछ भने सञ्चालक समितिको अध्यक्षकोरुपमा पृथ्वी बहादुर पाँडे नै रहने देखिन्छ ।

यसैगरी मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनी समूहले पनि कुमारी बैंकमा लगानी गरेको छ भने आदित्य चाचन नेतृत्वको चाचन समूहले सनराइज बैंक र महालक्ष्मी विकास बैंकमा लगानी रहेको देखिन्छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको महतो अफ इन्डस्ट्रीले पनि सानिमा बैंक र माछापुच्छ्रे बैंकमा लगानी गरेको छ ।

अजय सुमार्गी नेतृत्वको मुक्तिश्री समूहले महालक्ष्मी विकास बैंकमा लगानी गरेको छ । नारायण पगार्नी नेतृत्वको युनिभर्सल समूहको पनि कुमारी बैंक र एनएमबी बैंकमा लगानी छ ।

हिमालय शमसेर राणा समूहको हिमालयन बैंकमा, पाण्डे समूहको नेपाल इन्भेस्टमेन्ट बैंकमा, इच्छाराज तामाङको सिभिल बैंकमा, बीके श्रेष्ठको एभरेष्ट बैंकमा अत्यन्तै ठुलो लगानी छ । नूतन राणाको कुमारी बैंकमा ठूलो लगानी रहेको छ ।

यी माथिका उदाहरण हेर्दा नेपालको बैकिङ्ग प्रणाली ठूला उद्योगी र व्यापारिक घरानाको हातमा भएको छ भन्दा फरक पर्दैन।