back
stc
prabhu insurance

कुमारी बैंकले खुर्कोटमा नयाँ शाखा संचालनमा

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा संचालनमा ल्याएकोे छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको उल्लेख गरेको छ ।

बैंकले १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।