आज नेसनल हाइड्रोपावरको विशेष साधारण सभा
काठमाडौ । आज भदौ १७ गते शुक्रबार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा बस्दैछ । भदौ १० गतेका लागि बोलाइएको सभा गणपुरक संख्या नपुगेपछि आजका लागि सारिएको थियो ।
सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरिसकेको छ ।
भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।
वि.सं.२०७९ भदौ १७ ०८:५७

















