back
stc
prabhu insurance

हिमाल दोलखा हाइड्रोपावरको एजीएम आज

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सभा आज भदौ १९ गते बस्दैछ । सभा लिसारा ब्यांकेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ ।

साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

विद्युत नियमन आयोगले हिमाल दोलखालाई हकप्रद सेयर निष्कासन गर्न शुक्रबार पूर्व स्वीकृति दिएको छ ।

कम्पनीले यस अघि भदौ ३ गते डाकेको सभामा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित गर्नुपरेको थियो ।