पोखरामा मुस्ताङ उडेको समिटको जहाज आपतकालीन अवतरण
काठमाडौं । पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा आपतकालीन अवतरण गरिएको छ ।
बिहान ७ः५९ बजे मुस्ताङ उडेको जहाज उडेको ७ मिनेटमै पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
उक्त जहाजको इन्टिकेसनमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको बताइएको छ । उक्त जहाजमा १८ जना यात्रु रहेका थिए । विमान अवतरणपछि अहिले आवश्यक चेकजाँच भइरहेको पोखरा विमानस्थलले जनाएको छ ।
वि.सं.२०७९ भदौ १९ ०९:३०




















