back
stc
prabhu insurance

कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।