back
stc
prabhu insurance

प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । प्रभु बैंकले सेन्चुरी बैंकलाई गाभ्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंककोे भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सैद्धान्तिक सहमति दिएको हो । यसअघि नै साउन १५ गते दुवै बैंकले १ः१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरिसकेका छन् ।

सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ ।

१००% को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।