कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा आज
काठमाडौं । आज भदौ २० गते कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा बस्दैछ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशत ले हुने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ ।
वि.सं.२०७९ भदौ २० ०८:४२



















