back
stc
prabhu insurance

१८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्तिले पायो पूर्णता

काठमाडौँ । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ। पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका राजदूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अब मलेसियाका लागि राजदूत सिफारिस हुनु भएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको हो। उहाँहरूको प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ।

पछिल्लो पटक सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए। समयमै पदस्थापन हुन नसक्दा त्यहाँस्थित नेपाली नागरिकले सेवा पाउन कठिन हुनुका साथै दुई देशीय तथा बहुपक्षीय सम्बन्धमा असन्तुलन पैदा हुने

गरेको थियो। राजदूतको अनुपस्थितिमा मित्रराष्ट्र मुलुकमा नेपालको गतिविधि शून्य रहनुका साथै कूटनीतिक सम्बन्ध फितलो बन्ने गरेको अनुभव पूर्वराजदूतहरू बताउनुहुन्छ।

नेपालले विश्वका १९५ देशमध्ये ३० देशमा आवासीय राजदूतको राख्ने व्यवस्था गरेको छ।